Comments Add Comment

पटवालको नियुक्तिले नेपाली क्रिकेट थप उचाइमा पुग्छ -जगत टमाटा

१७ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले मुख्य प्रशिक्षकमा उमेश पटवाल नियुक्तिले नेपाली क्रिकेट थप उचाइमा पुग्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय प्रशिक्षक पटवाललाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेका हुन् । आजै पटवाल र राष्ट्रिय खेलकुद परिषद् राखेपबीचमा सम्झौता हुँदैछ ।

यता, मुख्य प्रशिक्षक जगत टमाटाले पटवाल नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्ति हुनु राम्रो भएको बताए । उनले भनेका छन्, ‘राम्रो कुरा हो । यसमा हामी सबैले सकारात्मक लिनु पर्छ । विश्वकप छनोट पनि नजिकिदै छ । अब हामी यसैतर्फ केन्द्रित हुनुपर्छ । प्रशिक्षक आएर मात्रै पनि हुदैन । सबैले उतिकै जिम्मेवारी पूरा गर्नु पर्छ ।’

एक वर्षसम्मका लागि मासिक ७ हजार अमेरिकन डलरमा उनी नेपालको मुख्य प्रशिक्षकको रुपमा आबद्ध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment