Comments Add Comment

इंग्ल्यान्डको जितमा बेन स्टोक्स बने हिरो

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दा नायक बने बेन स्टोक्स ।

लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गर्यो  । यहाँ सबै खेलाडीले उतिकै प्रदर्शन गरेपनि मुख्य श्रेय जान्छ बेन स्टोक्सलाई । उनकै अलराउण्डर प्रर्दशनमा इंग्ल्यान्डले विश्वकपमा विजयी सुरुआत गरेको छ ।

३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउँदा स्टोक्सको भूख्य भूमिका रह्यो । उनले दुई विकेट लिन सफल भए । २.५ ओभर मात्रै बलिङ गरेका उनले १२ रन खर्चिएर दुई विकेट निकाले ।

उनले ४० औं ओभर बलिङ गर्ने क्रममा ३९.४ र ३९.५ ओभरमा लगातर दुई विकेट लिएर दक्षिण अफ्रिकालाई अलआउट गरे ।

यसअघि ब्याटिङतर्फ पनि उनी शतक नजिक पुगेर आउट भए । उनकै उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ठूलो लक्ष्य पेश गरेको थियो । स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रन बनाएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई जित दिलाएका स्टोक्स प्लेयर अफ द म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment