Comments Add Comment

विश्वकप क्रिकेट : इंग्ल्यान्डको विजयी सुरुआत

१६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डले विजयी सुरुआत गरेको छ । लण्डनको किनिङटोन ओभलमा भएको उद्घाटन खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

३१२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेटको क्षतिमा २०७ रन मात्रै बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक ६८ रज बनाए । रसिई भान डेर डुसेनले ५० रन बनाएपनि अन्य खेलाडी सस्तैमा समेटिए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २–२ विकेट लिए ।

यो पनि पढ्नुहोस इंग्ल्यान्डको जितमा बेन स्टोक्स बने हिरो

दक्षिण अफ्रिकाको विकेट एकपछि अर्को पतन हुनु नै मुख्य समस्या रह्यो । दक्षिण अफ्रिकाले टिकेर खेलेको भए जित निश्चित जस्तै थियो । तर आफ्नै कमजोरीले गर्दा पहिलो खेलमै दक्षिण अफ्रिका हार्न पुगेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३११ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि बेन स्टोक्सले ७९ बलमा ९ चौकाको मद्दतमा ८९ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई ठूलो लक्ष्य दिएको हो । त्यस्तै, इंग्ल्यान्डका अन्य तीन खेलाडीले अर्धशतक बनाए ।

इओइन मोर्गनले ५७, जासन रोयले ५४ र जोइ रुटले ५१ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका इमरान ताहिर र लुन्गी नगिडीले समान २–२ विकेट लिए ।

खराब सुरुवात

टस हारेर ब्याटिङ गर्न ओपनिङमा घरेलु टोली इंग्ल्यान्डका जोनी बैरस्टोव र जासन रोय आए । बलिङमा आए इमरान ताहिर । पहिलो बलमा जासनले एक रन लिए । स्ट्राइकमा आए जोनी । तर पहिलो ओभरको दोस्रो बलमा जोनी शुन्य रनमै आउट भए ।

योसँगै इंग्ल्यान्ड दबाबमा आएको थियो । तर दोस्रो विकेटका लागि जासन र जोइ रुटले १०६ रनको साझेदारी गर्दा इंग्ल्यान्डको १०७ रन पुग्यो ।

इंग्ल्यान्डको पारीलाई सम्हाल्न बेन र कप्तान मोर्गनले निकै ठूलो भूमिका खेले । यी दुई खेलाडीले १०६ रनकै साझेदारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment