+
२०औं एसियन गेम्स :

टेबलटेनिसको मिक्स्ड डबल्समा रुविन–इभाना दोस्रो चरणमा, नविता–सन्योग बाहिरिए

२०८३ असोज  ६ गते १७:१७ २०८३ असोज ६ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०औं एसियन गेम्सको टेबलटेनिस मिक्स्ड डबल्समा रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
  • रुविन–इभाना जोडीले जापानको स्काई हल टोयोटामा पाकिस्तानका मोहम्मद खान र कलसुम खानलाई ३–० को सोझो सेटमा हराएको छ ।
  • सोही स्पर्धामा नविता श्रेष्ठ र सन्योग कपाली मंगोलियाका बिल्गुन अन्खबयार र अन्खमा सेर–ओदसँग ३–१ ले पराजित भएर पहिलो चरणबाटै बाहिरिएका छन् ।

६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेबलटेनिस मिक्स्ड डबल्समा नेपालका रुविन महर्जन र इभाना थापा दोस्रो चरणमा प्रवेश गरेका छन् ।

जापानको स्काई हल टोयोटामा मंगलबार भएको पहिलो चरणको खेलमा रुविना–इभाना जोडीले पाकिस्तानका मोहम्मद खान र कलसुम खानको जोडीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

रुविना–इभाना जोडीले पहिलो सेट ११–६, दोस्रो सेट ११–८ र तेस्रो सेट ११–४ ले आफ्नो पक्षमा पार्‍यो । यो जितसँगै यो जोडी दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणमा रुविना–इभाना जोडीले हङकङका क्वान तो याउ र विङ लाम ङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

सोही विधामा नेपालको नविता श्रेष्ठ र सन्योग कपालीको जोडी भने पराजित भएको छ । नविता–सन्योग जोडी मंगोलियाका बिल्गुन अन्खबयार र अन्खमा सेर–ओद जोडीसँग ३–१ ले पराजित हुन पुग्यो ।

पहिलो सेट ११–२ को शानदार जित निकालेको नविता–सन्योग जोडी त्यसपछि सम्हालिन सकेन । दोस्रो सेट र तेस्रो सेट समान ११–६ र चौथो सेट ११–९ ले गुमाउन पुग्यो ।

हारसँगै नविता–सन्योग जोडी पहिलो चरणबाटै बाहिरियो ।

२०औं एसियन गेम्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय