News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सको पुरुष ५५ केजी बक्सिङमा नेपालका चन्द्रबहादुर थापा भारतका मन्देङबाम जदुमानी सिंहसँग ५–० ले पराजित हुँदै पहिलो खेलबाटै बाहिरिए।
- चन्द्रबहादुर पदकको अपेक्षा गरिएका खेलाडी थिए, तर उनको हारसँगै नेपालले पदक जित्ने सम्भावना कमजोर बनेको छ।
- बक्सिङमा रमिशा श्रेष्ठ र धनबहादुर दर्लामी यसअघि नै बाहिरिसकेका छन्, भने खगेन्द्र रोकामगर, कुसुम तामाङ, अस्मिता डुवाल र रविन नेपालले अझै खेल्न बाँकी छ।
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् ।
जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् ।
पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै गएको छ । यसअघि करातेकी एरिका गुरुङ पनि पदक नजिक पुगेर बाहिरिएकी थिइन् ।
बक्सिङमा नेपालका रमिशा श्रेष्ठ र धनबहादुर दर्लामी यसअघि नै बाहिरिसकेका छन् । अब खगेन्द्र रोकामगर, कुसुम तामाङ, अस्मिता डुवाल र रविन नेपालले प्रतिस्पर्धा गर्न बाँकी छ ।
प्रतिक्रिया 4