News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपाल इरानसँग ७६–२३ ले पराजित भई लगातार तेस्रो हार बेहोर्न पुगेको छ।
- नेपाल यसअघि थाइल्यान्डसँग ५९–४८ र पाकिस्तानसँग ५८–४३ ले पराजित भएको थियो।
- लगातार तेस्रो हारसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ र अब समूह चरणको अन्तिम खेल मलेसियासँग खेल्नेछ।
६ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष कबड्डीमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
जापानको तोकाइ सिटिजन जिम्नेसियममा भएको खेलमा नेपाल इरानसँग ७६–२३ ले पराजित हुन पुग्यो ।
यो नेपालको लगातार तेस्रो हार हो । यसअघि थाइल्यान्डसँग ५९–४८ र पाकिस्तानसँग ५८–४३ ले पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेल मलेसियासँग खेल्नेछ ।
लगातार तेस्रो बेहोरेसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । नेपाल रहेको समूहमा पाकिस्तान र थाइल्यान्डले दुई खेलबाट समान ४ अंक बटुेलेका छन् ।
इरानले एक खेलबाट २ अंक जोडेको छ भने दुई खेल खेलेको मलेसिया अंकविहीन छ ।
प्रतिक्रिया 4