
१० साउन, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाडफाँट भएको छ । संस्थाले निष्कासन गरेको ५ लाख ३० हजार कित्ता आईपीओ केहिबेर अघि बाडफाँट भएको हो ।
गोलाप्रथाबाट गरिएको बाडफाँटमा आवेदन दिने अधिकांश रित्ताे हात भएका छन् । आईपीओका लागि माग गरिएको भन्दा ११.४८ गुणा बढी आवेदन परेको संस्थाको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको जनाएको छ ।
बिक्री प्रवन्धक एनआइबीएल एसका अनुसार ५६ लाख ८९ हजार ८३० कित्ताका लागि ३ लाख ३ हजार २०८ आवेदनबाट ५६ करोड ८९ लाख ८३ हजार रुपैयाँको आवेदन परेको थियो ।
आवेदन दिएकामध्ये ४९ हजार ५२५ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ताका दरले आईपीओ पाएका छन् ।
लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया 4