Comments Add Comment

‘षट्कोण’मा पत्रकार बन्दै कर्मा

चलचित्र ‘षट्कोण’ निर्माण हुने भएको छ । आइतबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । तीन युवाको मनोविज्ञानमा आधारित रहेर निर्माण हुने यो चलचित्रलाई मिलन डी काप्रीले निर्देशन गर्नेछन् ।

चलचित्रको मुख्य भूमिकामा कलाकार कर्मा, भोलाराज सापकोटा र लोकेन्द्र लेखक देखिदैछन् । कर्मा आफूलाई यो चलचित्र एकदमै सरल र वास्तविक लागेकोले काम गर्न लागेको बताउँछन् । उनले भने–‘यो चलचित्रमा कुनै तामझाम गरिएको छैन । एकदमै सरल ढंगबाट चलचित्र बनाउन लागिएको र विषयबस्तु राम्रो भएका कारण काम गर्न लागेको हुँ ।’ यो चलचित्रमा उनी पत्रकारको भूमिकामा देखिदैछन् ।

त्यस्तै भोलाराज र लोकेन्द्रले पनि चलचित्रको कथा मन परेकाले काम गर्न लागेको बताए । उनीहरुले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पत्रकारसँग सहयोगको अपेक्षा राखे । चलचित्रमा यी तीन कलाकार बाहेक विराज कडरिया र शिशिर वानेमको पनि मुख्य भूमिका छ । महिला कलाकार भने फाइनल हुन बाँकी भएको निर्माण पक्षले बताएको छ ।

क्लेमेन्टाइन प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा शिशिर वनेमको कथा तथा पटकथा छ । चलचित्रको संवाद महेश दवाडीले तयार गरेका हुन् । आङछेन लामाले खिच्ने चलचित्र भदौ १८ गतेबाट फ्लोरमा जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment