
१९ साउन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पूर्वराजा ज्ञानेन्द्र शाहको हालै प्रकाशित पुस्तक बिक्री गरेर ‘दैवी प्रकोप उद्धार कोष’ मा रकम संकलन गर्ने घोषणा गरेको छ ।
हिमानी ट्रष्टकी अध्यक्षसमेत रहेकी पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी सो कोष स्थापना गर्न लागिएको बताइन् ।
विगत १८ वर्षदेखि विभिन्न मिति र अवसरमा पूर्वराजा शाहले दिएको सन्देश संग्रह बिक्री गरेर सामाजिक कामका लागि रकम संकलन गर्ने ट्रस्टले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष हिमानी शाहले उक्त सन्देश संग्रह विमोचन गरिन् ।
पूर्वराजा शाहले ट्रस्टलाई ५ सय थान पुस्तक दिएका छन् । उक्त पुस्तक बिक्रीबाट आएको रकम विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट पीडित व्यक्तिलाई सहयोग गरिने पूर्वयुवराज्ञी शाहले जानकारी दिइन् ।
प्रतिक्रिया 4