+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते २०:०२

१९ साउन, रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निस्कन चेतावनी दिएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्ने चेतावनी दिए ।

वीपी मार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले राजा महाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । ‘यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुनेछ’, प्रचण्डले भने ।

नेकपा अध्यक्ष प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरेर अघि बढ्न सबैलाई आग्रह गरे ।

शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए ।

कमल थापातर्फ संकेत गर्दै नेकपा अध्यक्ष प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरे ।

–नवराज पथिकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?