Comments Add Comment

ड्राइभर होइन, बाटो नै फेर्नुपर्छः कमल थापा

१८ साउन, काठमाडौं । राष्ट्रि्रय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब ड्राइभर होइन बाटो नै फेर्नुपर्ने बताएका छन् ।

पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ वर्षदेखि मुलुकलाई हिँडाइराखेका छन्, त्यो बाटो गलत छ यो पार्टी खडा गरेका हौं ।’

‘केपी ओलीलाई हटाएर प्रचण्ड वा शेरबहादुर देउवा ल्याएर यो देशको समस्याको समाधान हुँँदैन’ संवैधानिक राजतन्त्रको वकालत गर्दै उनले भने, ‘बाटो नै फरक छ भने ड्राईभर फेर्ने होइन, बाटो नै फेर्नुपर्छ ।’

धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बर्द्धनवादको सिद्धान्तअनुसार देश विकास गर्न सकिने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment