Comments Add Comment

आर्यन, नम्रता र दयाको मित्रता

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यस्तै, त्यसको एक सातापछि नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यस्तै, असोजको ३ गतेबाट नायक दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ ।

यी तिन कलाकार एकसाथ मित्रता दिवसको अवसरमा भेटिएका छन् । नायिका नम्रता श्रेष्ठले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा यी तिन कलाकार एकसाथ रमाएको देख्न सकिन्छ ।

आर्यन र नम्रताको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका पनि छन् । तर, केही समयदेखि यो जोडीले एकसाथ पर्दा शेयर गरेको छैन । चलचित्र बजारमा आर्यन र नम्रताविच सम्बन्ध सुमधुर छैन भन्ने चर्चा चलिरहेको समयमा दुई कलाकारको भेटले यो कुरालाई असत्य समेत सावित गरिसकेको छ ।

आर्यन आफैले पनि अनलाइनखबरसँग कुरा गर्दै नम्रतासँग चलचित्रमा काम नगर्दैमा सम्बन्ध नराम्रो नभएको भन्न नमिल्ने बताएका थिए । आर्यनले नम्रता र दयासँग अचानक भेट भएको उल्लेख गरेका छन् । उनले, नम्रतालाई ‘नमी’ भनेर सम्बोधन गर्दै ‘जाइरा’का लागि शुभकामना समेत दिएका छन् ।

आर्यन र नम्रताको ‘मेरो एउटा साथी छ’को सिरिज बन्ने चर्चा चलिरहँदा दर्शकले यसको सिरिजमा दुई कलाकारलाई नै प्रतिक्षा गरेका छन् । झन्, यसमा दयाहाङको पनि इन्ट्री भयो भने दर्शकका लागि अझै विशेष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment