+
+
Shares

२ सन्तानको आमा बन्न चाहन्छुः आलिया

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २० गते १०:०१

बलिउड नायिका आलिया भट्टले भविष्यमा दुई सन्तानलाई जन्म दिने इच्छा भएको बताएकी छिन् । हालै एक मिडियासँग कुराकानी गर्दै उनले यो कुरा खोलेकी हुन् । आकंक्षा रन्जनसँग एक खेल खेल्ने क्रममा उनले यो कुरा खेलेकी हुन् । आलियाले आकंक्षासँग एक गेम खेलेको भिडियो सार्वजनिक गरिन् ।

जहाँ उनीहरुले एक–अर्कालाई कसरी चिन्छन् भन्ने देखाउन खोजिएको छ । सोही भिडियोमा उनले आफूलाई २ सन्तानको आमा बन्ने इच्छा भएको बताएकी छिन् ।बलिउडमा पाइला राखेसँगै आलियाले सफलता पाइरहेकी छिन् ।

आलियाको सफलताले पनि उनलाई बलिउडमा लामो रेशको घोडाको रुपमा हेरिएको छ । आलिया बलिउडमा प्रवेश गरेसँगै उनको प्रेम जीवन पनि चर्चामा छ । उनी अहिले नायक रणवीर कपुरसँगको प्रेममा छिन् । आलियाले आफूलाई २ सन्तान चाहिने कुरा रणवीरलाई पनि सुनाएको बताएकी छिन् ।

आलियाले २ सन्तानको रहर नै किन गरिन्, यो भने खुलाएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?