Comments Add Comment

राखीको हनिमुन फोटो ‘भाइरल’ भएपछि….

त्यसो त राखी सावन्त विवादकै अर्को नाम हो । उनी विवाद र चर्चाबाट बाहिर रहनै सक्दैनन् । कुनै न कुनै फन्डा गरेर चर्चामा आइरहन्छिन् ।

पछिल्लो समय उनको विवाहको खबरले चर्चामा ल्यायो । यत्तिका बर्षसम्म अविवाहित उनी विवाहको लागि मेलोमेसो मिलाइरहेको कुराले धेरैलाई आश्चर्यमा पारिदियो । राखीले सामाजिक संजालमा विवाहको तस्वीर सार्वजनिक गरेकी थिइन् । उनको विवाह ‘भाइरल’ भइदियो । यो क्रम यतिमै सेलाएन । विवाहको कुरालाई छायाँमा पार्नेगरी राखीले अर्को तस्वीर सार्वजनिक गरिन्, हनिमुनको ।

राखीले आˆनो सामाजिक संजालमा केही तस्वीर सार्वजनिक गरेकी छिन् । सार्वजनिक तस्विरमा राखी सिन्दुर सहित देखिएकी छिन् । उक्त तस्वीर हनिमुनको हुनुपर्ने धेरैले लख काटेका छन् । तर, उनले औपचारिक रुपमा भने विवाह भएको स्वीकारेकी छैनन् ।

उनले इन्स्टाहग्राममा सेयर गरेको तस्वीरले प्रशंसकलाई अचम्ममा पारेको छ । धेरैले राखीलाई बधाई पनि दिएका छन् । बधाईसँगै राखीले कोसँग विवाह गरेकी हुन् भन्नेहरुको जमात पनि उत्तिकै छ । एक ˆयाले बधाई दिंदै लेखेका छन्, ‘आखिर राखीसँग बिबाह गर्ने भाग्यमानी व्यक्ती को हुन् ? हामीलाई जान्ने इच्छा भयो ।’ कतिपयलेत राखीलाई सिन्दुरमा राम्रो देखिएको पनि प्रतिकृया दिएका छन् ।

ग्ल्यामर छवी बनाएकी राखी भारतिय मोडल, टेलिभिजन कलाकार तथा टक शो होस्ट हुन् । विवादस्पद टेलिभिजन कार्यक्रम ‘बिग बोस’को पहिलो सिजनमा सहभागी भएकी उन पछिल्लो समय राजनीतिमा समेत लागेकी छिन् । सन् २०१८ मा उनी एक रेस्लिङ कार्यक्रममा मूख्य अतिथिको रुपमा उपस्थित थिइन् ।

यद्यपी एक महिला रेस्लरले उनलाई चुनौती दिए र रिङभित्र बोलाए । राखी उनीसँग भिड्न गइन्, आखिरमा ति विदेशी महिला रेस्लरले उनलाई नराम्रोसँग पछारिदिए । त्यसबेला उनको कम्मरमा चोट लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment