Comments Add Comment

निर्माता संघका महासचिव भन्छन्–‘बोर्डले नसक्ने, संघले नसुन्ने’

बिहिबार नै नयाँ चलचित्र रिलिज भएपछि फेरि चलचित्र रिलिजको शैली भद्रगोल हुने अवस्था आएको छ । चलचित्र संघले स्वतन्त्र व्यापारमा हस्तक्षेप गर्न नमिल्ने बताउँदै आएको छ । तर, रिलिजका लागि कुनै दिन नतोक्ने हो भने जुन दिन पनि निर्माताले चलचित्र रिलिज गर्न सक्छन् । यसले, चलचित्र रिलिजमा समस्या आउने निश्चित छ ।

चलचित्र विकास बोर्डका अध्यक्षले चलचित्र निर्माता संघ र चलचित्र संघले आफ्नो कुरा नसुनेको बताइरहँदा चलचित्र निर्माता संघका महासचिव रोज राणाले भने चलचित्र विकास बोर्डले कदम चाल्न नसकेको आरोप लगाएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै रोजले भने–‘हामीले शुक्रबार मात्र चलचित्र रिलिज गर्नका लागि कदम चाल्न भन्दै बोर्डलाई मंगलबार नै पत्र लेखेका थियौं । तर, बोर्डले यसमा कुनै पनि पहल गर्न सकेन ।’

उनले, चलचित्र संघसँग भएका वार्ता सफल हुन नसकेको पनि बताए । रोजले भने–‘चलचित्र संघका प्रतिनिधी हामी जुन दिन पनि चलचित्र रिलिज गर्छौ भन्दै वार्ताबाट उठेर हिड्नुभयो । हामीले चलचित्र विकास बोर्डलाई शुक्रबार मात्र चलचित्र रिलिज गर्ने व्यवस्था मिलाउन आग्रह गर्दैै पत्र लेख्यौं । तर, बोर्ड अध्यक्षले आफ्नो चलचित्र रिलिज हुँदा कदम चाल्ने, अहिले भने ध्यान नदिने गर्नुभयो ।’

बिहिबार नै रिलिज भएको चलचित्र ‘हजार जुनी सम्म’का निर्देशक विकाराज आचार्यसँग संघले स्पष्टिकरण सोध्ने रोजको भनाई छ ।

 

बोर्ड अध्यक्षलाई प्रश्न–‘बिहिबार हिन्दी र नेपाली फिल्म रिलिज किन भए ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment