
आजबाट हिमालय टीभी एचडीमा प्रशारण हुन लागेको ‘दि भ्वाइस अफ नेपाल सिजन २’को विशेष प्रिमियर काठमाण्डौमा गरिएको छ । बिहिबार बेलुकी आयोजित प्रिमियरमा सांगीतिक क्षेत्रका हस्ती, शोको टिम र विभिन्न क्षेत्रका मानिसहरु उपस्थित थिए ।
विश्वकै पहिलो नम्बरमा रहन सफल रियालिटी शो गतबर्षदेखि नेपाल भित्रिएको हो । ‘दि भ्वाइस’को प्रिमियरमा आज बेलुकी ८ बजे हिमालय एचडीमा प्रशारण हुने शो उपस्थिती अतिथीमाझ प्रस्तुत गरिएको थियो । यसपटक ‘दि भ्वाइस अफ नेपाल’ हेर्ने दर्शकका लागि गायिका आस्था राउत सरप्राइज हुने पक्का छ ।
यसपटक कोचको रुपमा ‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनका कोच गायकद्धय दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् । गायिका आस्था राउत र गायक राजु लामाको इन्ट्री दर्शकका लागि विशेष हुनेछ । यसपटक कार्यक्रम निर्माताले कोचहरुविचमा हाँस्य पाटोलाई पनि बढी फोकस गरेका छन् । आजबाट प्रशारण हुन लागेको शोजले दर्शकमाझ नयाँ उत्सकुता र कौतुहलता पैदा गर्ने शोजका निर्देशक लक्ष्मण पौडेलले बताए ।
‘दि भ्वाइस अफ नेपाल’ हिमालय एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ ।
प्रतिक्रिया 4