Comments Add Comment

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

३० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार मात्र स्वदेश फर्किएका थिए । विमानस्थलमा कुनै प्रतिक्रिया नदिएका उनले ‘म ठीक छु’ भन्दै ट्वीट गरेका थिए ।

तर आज बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको छ । बैठकका लागि नेताहरु बालुवाटारसमेत पुगेका थिए ।

एक नेताकाअनुसार ओली बैठकस्थलमा नै आएनन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माथिल्लो तलमा गएर आराम गरिरहेका ओलीलाई भेटेका थिए । ‘ज्वरो आएको छ र जीउ दुखेको छु भन्नुभएको छ’, एक नेताले भने ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिरहँदा बैठक बस्नु उपयुक्त नदेखिएकाले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने, बैठक औपचारिक रुपमा प्रवेश नै भएन । सामान्य सचिवालय सदस्यहरुले सांगठनिक एकीकरणको कामको बारेमा छलफल मात्रै भयो । बैठक बस्दा प्रधानमन्त्रीको समस्यामा थप समस्या आउन सक्ने भएकोले हामीले नै बैठक स्थगित गर्रौ भनेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment