News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगका लागि रोयल ट्युलिप काठमाडौंलाई स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ।
- रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले नेपाली क्रिकेट, खेल पर्यटन र नेपाललाई स्वागतयोग्य गन्तव्यका रूपमा प्रवर्द्धन गर्न सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
- सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले यो साझेदारीले टोलीको आतिथ्य व्यवस्थापन व्यवस्थित बनाउने र खेलकुद तथा पर्यटनबीचको सम्बन्ध बलियो बनाउने बताए।
२७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ।
रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपीएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख गरे।
“सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न र नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुसी छौं। क्रिकेटले मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमको रूप लिएको छ भने एनपीएलले नेपालमा यस खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ। खेलकुद र पर्यटनबीच स्वाभाविक सम्बन्ध छ। ठूला खेलकुद प्रतियोगिताले खेलाडी, समर्थक, व्यवसायी र आगन्तुकलाई एकै ठाउँमा ल्याएर नेपाललाई नयाँ तरिकाले अनुभव गर्ने अवसर सिर्जना गर्छन्,” पाठकले भने।
उनले नेपाली क्रिकेटको प्रवर्द्धन, खेल पर्यटनलाई प्रोत्साहन र नेपाललाई स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा सहयोग गर्न पाउँदा गर्व लागेको बताए। उनले एनपीएल यात्राभरि सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सफल र अर्थपूर्ण हुने विश्वास पनि व्यक्त गरे।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रोयल ट्युलिप काठमाडौंसँगको साझेदारीले टोलीको आतिथ्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै खेलकुद र पर्यटनबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताए।
“रोयल ट्युलिप काठमाडौंजस्तो प्रतिष्ठित आतिथ्य संस्थासँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं। एनपीएल क्रिकेट प्रतियोगिता मात्र नभई नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर पनि हो। यस साझेदारीमार्फत खेलाडी, समर्थक र प्रतियोगितासँग जोडिएका आगन्तुकलाई गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्ने अपेक्षा गरेका छौं। नेपाली क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण छ। रोयल ट्युलिप काठमाडौंसँगको सहकार्य अर्थपूर्ण र सफल हुने विश्वास लिएका छौं,” खड्काले भने।
प्रतिक्रिया 4