+

निसर्ग बाटिकाले जित्यो एनएसए कप पौडीको उपाधि

२०८३ असोज  २७ गते १९:४९ २०८३ असोज २७ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल १ हजार ३६३ अंकसहित पहिलो भयो ।
  • महिलातर्फ नेपाल आर्मी क्लबकी डुवाना लामा र पुरुषतर्फ नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए ।
  • प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान बने, जसमा एरभिनले ६ कीर्तिमान कायम गरे ।

२७ असोज, काठमाडौं । १४औं एनएसए कप पौडी प्रतियोगितामा निसर्ग बाटिका स्कुल पहिलो भएको छ । उपाधि जित्ने क्रममा निसर्गले १३६३ अंक पायो । दोस्रो भएको एपीएफले ६१३ तथा तेस्रो भएको जेम्सले ६०६ स्कोर गर्‍यो ।

सात वटा स्वर्ण पदक जितेकी नेपाल आर्मी क्लबकी डुवाना लामा महिलातर्फ तथा चार स्वर्ण र २ रजत जितेका नेपाल पुलिस क्लबका एरभिन श्रेष्ठ पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितामा कुल १७ राष्ट्रिय कीर्तिमान कायम भएको आयोजक नेपाल पौडी सङ्घले जानकारी दिएको छ । एर्भिनले ६ राष्ट्रिय कीर्तिमान कायम गरे ।

अभिभ प्रधानले ४, जाडेन श्रेष्ठले ३ तथा डुवाना लामा, कल्किन श्रेष्ठ, अथर्व सिंह र आरोण भण्डारीले समान १–१ राष्ट्रिय कीर्तिमान कायम गरेको सङ्घले जानकारी दिएको छ ।

विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहतालगायतले पुरस्कार प्रदान गरे ।

नेपाल पौडी सङ्घको आयोजनामा दुई दिने प्रतियोगिता सातदोबाटो स्थित पौडी पोखरीमा भएको हो । बेइजिङमा डिसेम्बर पहिलो साता हुने सर्ट कोर्स विश्व च्याम्पियनसिपको छनोटका लागि प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा ३६ टोलीका १ सय ५१ जनाको खेलाडीको सहभागिता थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ

१४औं एनएसए कप पौडी एनएसए कप पौडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय