+
लिग २ क्रिकेट :

ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

२०८३ असोज  २७ गते ११:०३ २०८३ असोज २७ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
  • ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेलमा नेपालले गुल्शन झाको स्थानमा सन्दीप जोरालाई टोलीमा समेटेको छ।
  • लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं र ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।

२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालका कप्टतान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

दुवै टोलीले आ-आफ्ना पहिलो खेलमा क्यानडालाई पराजित गरेका थिए ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा सन्दीप जोरा टोलीमा आएका छन् ।

लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथोमा छ ।

नेपालको चौथोसम्म पुग्ने सम्भावना भने सकिइसकेको छ ।

नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, सन्दीप जोरा, करण केसी, नन्दन यादव, ललित राजवंशी

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय