News Summary
Generated by OK AI. Editorially reviewed.- ओसिएले २०औं एसियाली खेलकुदका क्रममा एनओसीका चार पदाधिकारी र गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
- रामकृष्ण श्रेष्ठ, लाक्पा छिरिङ लामा, सुजनलाल श्रेष्ठ, आयुश जोशी र प्रजित शाक्यलाई एसियाडको खेल भावना, एकता र सहभागिता प्रवर्धन गरेको भन्दै सम्मान गरिएको हो ।
- आइची नागोया एसियाडमा ४५ देशका करिब १७ हजार सहभागी थिए भने नेपालले दुई कांस्य पदक जितेको थियो ।
२६ असोज, काठमाडौं । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले २०औं एसियाली खेलकुदको दौरान नेपाल ओलम्पिक कमिटीका चार जना र नेपालका एक खेल पत्रकारलाई प्रशंसापत्रसहित सम्मान गरेको छ ।
ओसीएले नेपाल ओलम्पिक कमिटी (एनओसी) का सचिव रामकृष्ण श्रेष्ठ, सदस्य लाक्पा छिरिङ लामा, कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, आइटी एन्ड कम्युनिकेसन अफिसर आयुश जोशीका साथै गोरखापत्र दैनिकका खेल पत्रकार प्रजित शाक्यलाई एसियाली खेलकुदको पदक र कदरपत्रसहित सम्मान गरेको हो ।
एसियाको सर्वाधिक ठूलो खेल मेला एसियाडको खेल भावना, एकता र सहभागिताका मूल्यमान्यताको प्रवर्धन र प्रचारप्रसार गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो ।
२०औं एसियाली खेलकुद जापानको आइची नागोया शहरमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना भएको थियो । आइची नागोया एसियाडमा ४५ देशका खेलाडी र अफिसियल गरी करिब १७ हजारको सहभागिता रहेको थियो ।
नेपालका १ सय ३५ खेलाडीले २१ खेलमा सहभागिता जनाएका थिए । २०औं एसियाडमा नेपालले दुई कांस्य पदक हासिल गरेको थियो । करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले नेपाललाई कांस्य दिलाएका थिए ।
प्रतिक्रिया 4