+

रोहितको अर्धशतक, करणको फिनिसिङमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य

२०८३ असोज  २७ गते १४:५३ २०८३ असोज २७ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोहित पौडेलको ६१ रन र करण केसीको ४० रनको आक्रामक पारीमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ।
  • अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो।
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ।

२७ असोज, काठमाडौं । रोहित पौडेलको अर्धशतक तथा करण केसीको आक्रामक फिनिसिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको हो ।

रोहितले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक पारी खेले ।

करण केसीले ४९औं ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरे भने अन्तिम ओभरमा शाह फेसललाई पनि एक छक्का प्रहार गरे ।

अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए ।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले २-२ विकेट लिए भने हस्नेन शाहले १ विकेट लिए ।

लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथो तथा क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा छ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय