Comments Add Comment

साम्राज्ञी भन्छिन्–‘१५ लाख लिएपछि ४५ लाख फिर्ता गर्नुपर्छ भन्ने सोच आएनँ’

‘फिल्म साइन गरेपछि राम्रो काम गर्ने प्रतिवद्धता गर्नुपर्छ’

यतिबेला कलाकारको पारिश्रमिकको चर्चा खुबै छ । विशेषगरि, कलाकारले महंगो पारिश्रमिक लिएका कारण चलचित्र बन्न कम भएको हो भन्ने चर्चा पनि सुनिन्छ । भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १५ लाख पारिश्रमिक लिइन् । निर्मात्री पूनम गौतम पनि साम्राज्ञीको ब्रान्ड हेरेरै आफूले यति रकम दिएको बताउँछिन् ।

पछिल्लो समयमा कलाकारले पारिश्रमिक महंगो लिएपछि त्यसको केही गुणा बढी निर्मातालाई फिर्ता गर्न सक्नुपर्छ भन्ने खालका चर्चा पनि भएका छन् । के साम्राज्ञीलाई पनि यस्तै लाग्छ । उनी भन्छिन्–‘१५ लाख लिएपछि मेरै नामबाट त्यो रकम फिर्ता हुनुपर्छ गर्नुपर्छ भन्ने सोच त मलाई आउँदैन । तर, कुनै चलचित्रमा मैले संझौता गरिसकेपछि राम्रो काम गर्छु भन्ने प्रतिवद्धता मैले दिन सक्नुपर्छ । मलाई साइन गर्ने टिमले पनि राम्रो काम निकाल्न सक्छु भन्ने प्रतिवद्धता लिनुपर्छ । हामीले राम्रो चलचित्र दर्शकमाझ प्रस्तुत गर्ने प्रतिवद्धता मिलेर गरेका हौं । हामीले प्रस्तुत गरेको चलचित्र दर्शकलाई मन पर्नुपर्यो ।’

साम्राज्ञीले महंगो पारिश्रमिक लिएपछि त्यसलाई फिर्ता गर्नुपर्छ भनेर आफूले कहिले नसोच्ने तर राम्रो काम गर्न सधै नै लागिपर्ने बताइन् । उनले चलचित्र ‘मारुनी’को कथा सुन्दा अरुको आँखा लाग्छ कि भनेर डर लागेको समेत बताइन् । उनले भनिन्–‘यो चलचित्रको कथा सुन्दा मलाई यति राम्रो स्क्रिप्टमा अरुको आँखा लाग्छ कि भनेर डर समेत लागेको थियो । यसैले, आफैले पनि यो भूमिका गर्न सक्छु या सक्दिनँ भनेर मैले केही समय लिएँ ।’

पूनम गौतम निर्मित तथा नवल नेपाल निर्देशित यो चलचित्र अहिले चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment