+
+

हेटौंडामा बस पल्टियो, १ को मृत्यु, १५ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३१ गते १०:४६

३१ साउन, हेटौंडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर बिजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

दुर्घटनामा अन्य १५ यात्रु घाइते भएका छन् । उनीहरूको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?