+
+
Shares

ट्रेडमार्क दुरुपयोगविरुद्ध नर्थफेसको उजुरी, ठमेलका पसलहरुमा छापा

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ साउन २९ गते २१:००

२९ साउन, काठमाडौं । आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै अमेरिकी कम्पनी ‘द नर्थफेस अपिरियल कर्पोरेसन’ नेपाल आएको छ । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आफ्नो ट्रेडमार्क दुरुपयोग भएको भन्दै उजुरी दिएको हो ।

नर्थफेसको उजुरीपछि उद्योग विभागसहित प्रहरीको टोलीले ठमेलका केही पसलमा छापा मारेको छ ।

नरसिंह चोकमा रहेको माउन्टेन वयरसहित तीन वटा पसलबाट ८ बोरा ‘नर्थफेस’ ब्रान्ड उल्लेख भएको ज्याकेट, ब्याग, ट्राउजर लगायतका फेसन आइटम बरामद भएको छ ।

पेटेन्ट डिजाइन तथा ट्रेडमार्कसम्बन्धी ऐन २०२२ ले कम्पनीको ट्रेडमार्क अनुमति विना प्रयोग गर्न रोक लगाएको छ । ट्रेडमार्क दुरुपयोग भएको भन्दै नर्थफेसका प्रतिनिधि नेपाल आएर उजुरी दिएको उद्योग विभागका प्रवक्ता विनोद खड्काले बताए ।

विभागका निर्देशक समेत रहेका खड्काका अनुसार दोषी भेटिएका पसलका सञ्चालकहरुलाई बयानका लागि बिहीबार उद्योग विभागमा बोलाइएको छ । उनले यसरी ट्रेडमार्क कपी गरेर उत्पादक तथा विक्री वितरण गर्नेविरुद्ध कारवाही गरिने बताए ।

ठमेलमा छापा मार्न थालेपछि अरु ‘फेसन स्टोर’हरु भने हतारहतार बन्द गरिएको थियो ।

नर्थफेस अमेरिकन ब्रान्ड हो । विश्वमा पर्वतीय क्षेत्रमा ट्रेकिङ, ट्राभलिङ र पर्वतारोहणमा जानेहरुमा लागि यो कम्पनीले स्तरीय कपडासहित फेसन आइटम उत्पादन गर्छ ।
तर, नेपालमा नर्थफेसको लोगो दुरुपयोग गरेर कपडा बनाउने क्रम बढ्दो रहेको बताइन्छ ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?