Comments Add Comment

नेपाल प्रहरीका ७९ डीएसपीको सरुवा (सूची)

३० साउन, काठमाडौं । नेपाल प्रहरीले ७९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विहीबारको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो ।

सरुवाअनुसार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा  उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।

त्यस्तै, प्रहरी वृत्त, कालिमाटीमा डीएसपी रूँगम कुँवरको सरूवा भएका छन् ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment