News Summary
Generated by OK AI. Editorially reviewed.- गौरीबहादुर कार्की आयोगले गत भदौमा भएको जेनजी आन्दोलन घटनामा प्रहरीलाई बचाउने प्रहरी अधिकारीहरुलाई पुरस्कृत गर्न सिफारिस गरेको छ।
- प्रहरी बचाउने दुई नागरिक शिवराम बाँडा र गीता कुमारी साहलाई पनि पुरस्कृत गर्न आयोगले सिफारिस गरेको छ।
- जेनजी आन्दोलनकी घाइते एकता शाहलाई छात्रवृत्तिमा भर्ना गर्न आयोगले नेपाल सरकारलाई सिफारिस गरेको छ।
११ चैत, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगले त्यतिबेला प्रहरी कार्यालय र हतियार जोगाउन महत्वपूर्ण भूमिका खेलेका प्रहरी अधिकारीहरुलाई पुरस्कृत गर्न पनि सिफारिस गरेको छ ।
जसअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरिबहादुर बस्नेत, प्रहरी वृत्त कालिमाटीका डीएसपी मधु थापा, प्रहरी वृत्त मालिगाउँका डीएसपी सुनिल शाह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीएसपी चिनिमाया तामाङ, प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द, प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगानालाई पुरस्कृत गर्न आयोगले सिफारिस गरेको छ ।
त्यसैगरी प्रहरी बचाउने दुई नागरिकलाई पनि पुरस्कृत गर्न सिफारिस गरिएको छ । जसमा होटल स्वर्णिम एण्ड गेस्ट हाउस कोटेश्वरका शिवराम बाँडा, कोटेश्वरकै घडी पसल सञ्चालक गीता कुमारी साहलाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।
प्रदर्शनकारीले प्रहरीलाई मार्न लाग्दा होटलको कौशीको ढोकाबाट प्रहरीलाई प्रवेश गराई ताला लगाएर बचाएको, प्रहरीलाई खाना खुवाएको उल्लेख गरिएको छ ।
त्यस्तै प्रहरी हवल्दार चिज कुमार कुमाल भीडले घेरा हालेर मार्न लाग्दा गीता कुमारीले बचाएको भन्दै पुरस्कृत गर्न सिफारिस गरिएको छ ।
त्यस्तै जेनजी आन्दोलनकी घाइते सुश्री एकता शाहलाई छात्रवृत्तिमा भर्ना आयोगले नेपाल सरकारलाई भनेको र अहिले भर्ना प्रकृयामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संसद भवनको दक्षिण गेट अगाडि शाहको बायाँ घुडामा गोली लागेर घाइते भएकी थिइन् । पछि एम्बुलेन्सको स्ट्रेचरमा बसेर एमबीबीएसको इन्ट्रास परीक्षा दिएको र ५७.५ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएको बताइएको छ । उनलाई छात्रवृति दिनुपर्ने सुझाव आयोगको छ ।
प्रतिक्रिया 4