+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने । 

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १३:१६

२४ मंसिर, बुटवल। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई  पक्राउ गरेको  हो । उनी जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा कार्यरत थिए ।

डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने ।

नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।

नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए ।

उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?