१५ साउन, काठमाडौं । प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोक्कायालाई जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ ।
डीएसपी रोकायसँग केही कुरा बुझ्नुपर्ने भएकाले परिसर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी सुशिलसिंह राठौरले बताए ।
उनले के कुरा बुझ्नुपर्ने भएको भन्ने खुलाएनन् ।
अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ भने बौद्धमा नयाँ डीएसपी पठाउने तयारी गरिएको छ ।
प्रहरी स्रोतका अनुसार, उनीमाथि आर्थिकसम्बन्धी विवाद देखिएको आरोप लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4