Comments Add Comment

दर्शकलाई सुहानाको प्रतिक्षा

नायिका सुहाना थापा डेब्यू चलचित्रबाट नै हिट भइन् । डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर कमाई गरेपछि सुहानाको उचाई चुलियो । तर, उनको परिवारले नै उनलाई अहिले अन्य ब्यानरका चलचित्रमा काम गर्ने अनुमती दिएको छैन । बरु, चलचित्र नेपालमा सफल भएपछि सुहाना विदेश भ्रमणमा छिन् । उनी, विश्वका विभिन्न देशमा आयोजित चलचित्रको प्रदर्शनमा सहभागी भैरहेकी छिन् ।

सुहानाको पहिलो चलचित्रमा काम हेरेपछि दर्शकले उनलाई प्रतिक्षा गरिरहेका छन् । सुहानाले पहिलो चलचित्रबाट नै दर्शक र समिक्षकको मन जितेकी थिइन् । उनी, तत्काल बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने मुडमा त छैनन् । तर, निर्मात्री तथा निर्देशक झरना थापा २ चलचित्रमध्ये कुन बनाउने दोधारमा छिन् । उनले जुन चलचित्र बनाएपनि नायिकाको रुपमा सुहाना थापा नै हुनेछिन् ।

झरनालाई वितरकहरुले ‘ए मेरो हजुर ४’ बनाउन आग्रह गरिरहेका छन् । तर, उनको हातमा ‘भागवत गीता’को स्क्रिप्ट पनि छ । यो स्क्रिप्ट नायक अनमोल केसीले पनि सुनेका छन् । अनमोल यो चलचित्र गर्ने वा नगर्ने दोधारमा छन् ।

तर, दर्शकले अनमोल र सुहानाको जोडीलाई नै पर्दामा हेर्न चाहिरेका छन् । अनमोलले हुन्छ भनेको खण्डमा झरनाले सुहानाको साथमा ‘भागवत गीता’को सुरुवात गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment