
३१ साउन, नवलपरासी । पूर्व–पश्चिम राजमार्गको अरुणखोला बजारको डाइभर्सन पानीले भत्काएपछि सवारी आवागमन फेरि अवरुद्ध बनेको छ ।
अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँचिएपछि डाइभर्सन बनाएर बिहीबार साँझबाट सवारी पास गराइएको थियो । तर, डाइभर्सन सञ्चालनमा आएको केही समयमा नै पानीले क्षति पुर्याएपछि पुनः यातायात अवरुद्ध हुन पुगेको छ ।
अरुणखोला प्रहरीका अनुसार डाइभर्सनबाट सवारी पास हुन नसकेपछि अरुणखोलाबाट पूर्व–पश्चिम दुवैतर्फ ४/५ किलोमिटर लामो जाम लागेको छ । दुवैतर्फ सवारी रोकिएपछि सयौं सवारी तथा त्यसमा सवार यात्रुहरू समस्यामा परेका छन् ।
बाटो अवरुद्ध भएको दुवैतर्फ ७/८ किलोमिटर लामो जंगल भएको र जंगलमा रोकिँदा खानेपानीसमेत नपाएको गुनासो यात्रुहरूले गरेका छन् ।
कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4