Comments Add Comment

नेकपाले तोक्यो महानगर अध्यक्ष र सचिव (सूचीसहित)

४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महानगर अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ६ महानगरको अध्यक्ष र सचिव टुंगो लगाएको हो । जसअनुसार काठमाडौं महागरपालिकाको अध्यक्षमा निर्मल देउला र सचिव रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

ललितपुरको अध्यक्षमा मञ्जरी कायश्थ र सचिव ज्ञानेन्द्र शाक्य तथा पोखराको अध्यक्षमा दिपक पौडेल र सचिव विश्वप्रकाश लामिछाने चयन भएका छन् । भरतपुर महानगरको अध्यक्षमा रामप्रसाद न्यौपाने र, सचिव ईश्वर सापकोटा, वीरगञ्जको अध्यक्षमा रहबर अन्सारी र सचिव विश्वम्भर शर्मा तथा विराटनगर महानगरको अध्यक्षमा सागर थापा र सचिवमा हेम कार्की चयन भएका छन् ।

संगठनिक एकताका बाँकी कामबारे छिट्टै बस्ने अर्को बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment