Comments Add Comment

एनआईसी एशिया बैंक र वर्ल्डलिंकबीच सहकार्यको सम्झौता

३० असोज, काठमाडौं । एनआईसी एशिया बैंक र वर्ल्डलिंक कम्युनिकेसन्स्बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले असोज ३० (बिहिबार) देखि २०७६ कार्त्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल्ा बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०प्रतिशत वा अधिकतम रु ३०० प्रतिशतसम्म क्यास ब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

साथै वल्र्डलिङ्कका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वर्ल्डलिंक का कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नुहुनेछ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लिको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment