News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन ८ जेठ काठमाडौंको भृकुटीमन्डपबाट सुरु भएको छ।
- महाधिवेशन र्यालीसहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर औपचारिक रुपमा सुरु भएको हो।
- महाधिवेशन तीन दिनसम्म चल्ने र नयाँ नेतृत्व चयन गर्ने तथा भावी कार्यदिशा तय गर्ने संघले जनाएको छ।
८ जेठ, काठमाडौं । नेपाल मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमन्डपबाट र्याली सहित पुतलीसडक हुँदै प्रज्ञा भवन कमलादी पुगेर महाधिवेशन औपचारिक रुपमा सुरु भएको हो ।
र्यालीमा मगर समुदायका पहिचान झल्कने पहिरनसहित विभिन्न सांस्कृतिक प्रदर्शन समेत गरिएको थियो ।
महाधिवेशन आजदेखि तीन दिनसम्म चल्नेछ ।
महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनदेखि संगठनको भावी कार्यदिशासम्म तय गरिने संघले जनाएको छ ।
महाधिवेशनको उद्घाटन पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य बर्षमान पुनले गर्ने कार्यक्रम छ ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4