१७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली केलकुद (साग) को कराँतेमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छन् ।
मंगलबार सातदोबाटोसिथत कराँते हलमा भएको फाइनलमा बंगलादेशकी कुल्मसोमलाई हराउँदै उनले स्वर्ण जितेकी हुन् ।
सुनिताले ८ अंक जोड्दा कुल्मसोमले दुई अंक जोडिन् । सुनिता बंगलादेशकी मोरेम खातुनलाई हराइँदै फाइनलमा पुगेकी थिइन् ।