
१८ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी मंसिर २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न उपचुनावको समिक्षा, पार्टीको सांगठनिक गतिविधि लगायतका विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4