 
																			१ पुस, बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अपांगमैत्री प्रदेशको रुपमा परिकल्पना गरेको र यसलाई पूर्ण रुपमा पालना गर्नको लागि सरकार लागिपरेको बताएका छन् ।
सरकार अहिले सुुरुआती अवस्थामा रहेको जानकारी दिदै सोचे अनुसारको अपांगता, विशिष्ट क्षमता भएका व्याक्तिहरुको लागि ठोस कार्य गर्न नसकिएको उनको भनाइ छ ।
उनले बहिरोपना भएका नागरिकहरुको अधिकार सुनिश्चित हुने खालको योजना बनाइ लागू गरिने प्रतिवद्धता जाहेर गरे ।
राष्ट्रिय बहिरा महासंघ नेपालको २३ औं केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा उद्घाटन गर्दै उनले भनेे-पहिलो चरणमा विद्यालय, सडक, यातायात हुँदै निर्माण गरिने भौतिक संरचना अपांगतामैत्री र बहिरोपना भएका व्याक्तिहरुको सहज सञ्चार हुने प्रकृतिको निर्माण गरी सोही अनुसारको विकासमा प्रदेश सरकार लागिरहेको छ ।
सरकारले अहिले सिमित स्रोत र साधानको बाबजुत पनि केही नमूना योग्य कार्यक्रमहरु अगाडि बढाइएको उनले जानकारी गराए ।
भैरहवामा रहेको बहिरा माध्यमिक विद्यालय, दाङ जिल्लामारहेको बाहिरा विद्यालयलाई सहयोग गर्नुको साथै गत आर्थिक वर्षमा अन्य विभिन्न जिल्लाहरुमा रहेका बहिरोपना भएका व्याक्तिहरुको लागि प्रदेश सरकारले सहयोग गरेको बरालले जानकारी दिए ।
आगामी दिनमा सरकारले बहिरोपना भएका व्याक्तिहरुको व्यक्तित्व विकास, सूचता तथा सञ्चारको क्षेत्रमा काम गर्ने योजना बनाएको भन्दै उनले यसमा सबैकोसाथ र सहयोग आवश्यक रहेको बताए ।
अपाङ्गता भनेको कुनै पनि अपराध वा पूर्वजन्मको पाप नभएको भन्दै मन्त्री बरालले अपाङ्गता भएको एउटा विशिष्ट क्षमता भएको बताएका थिए ।
उनले अपाङ्गता भएका व्याक्तिहरुमा रहेको विशिष्ट क्षमतालाई प्रष्फुटन गरी उनीहरुको जीवनमा कायापलट ल्याउन सकिने र देश र विदेशमा समेत उनीहरुले नाम कामउन सक्ने बताएका थिए ।
‘अपांगता कसैको दोष होइन, यो एउटा विशिष्ट क्षमता हो, जसलाई सदुपयोग गरी कार्यपलटसमेत गर्न सकिन्छ,’ मन्त्री बरालले भने ।
राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारी, स्वजल्यण्डबाट आएका डीडीएफका प्रतिनधिहरु जान मार्गस्टम, टोमस एड्र्सनलगायतले अपांगताको क्षेत्रमा नेपालमा धेरै काम भएको बताउँदै अब यसमा प्रतिफल बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
दुई दिनसम्म चल्ने साधारणसभाले बहिरोपना भएका व्याक्तिहरुको हक अधिकार, उनीहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा लगायतका विषयमा व्यापक छलफल गरी बुटवल घोषणापत्र समेत जारी गरिने सांकेतीक भाषा दोभाषे संघका प्रतिनिधि यशोदा थापाले जानकारी दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4