Comments Add Comment

ललिता निवासमा मुद्दा चलाउने अख्तियारको निर्णय स्वागतयोग्य : नेकपा सांसद

२३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा चलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सत्तारुढ दलका सांसदहरुले अख्तियारको निर्णयले भ्रष्टाचार गर्नेविरुद्ध कारबाही हुन्छ भन्ने सन्देश गएको बताएका हुन् ।

नेकपा सांसद बलराम बास्कोटाले अख्तियारको निर्णयले आम जनमानसमा भ्रष्टाचारविरुद्ध अब केही हुन्छ कि भन्ने आशा सञ्चार गरेको बताए । ‘हाइप्रोफाइल भ्रष्टाचार काण्डको रुपमा चर्चित यो काण्ड अझ बढी दबाबरहित, स्वतन्त्र निष्पक्ष रुपमा छानबिन गर्न माग गर्दछु’ उनले भने ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भ्रष्टाचारविरुद्ध कारबाही चलाउने अख्तियारको निर्णयको स्वागत गर्नुपर्ने बताए ।

सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल महाचिव विष्णु पौडेललगायतविरुद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदारविरुद्ध मुद्धा दायर हुनु वदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ ।

सांसद विडारीले भने ‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरानाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ’ उनले भने ।

उनलेअगाडि भने ‘यो सरकारले गजब गर्‍यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ? एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानो लाई किन नगरेको मेरो मान्छेलाई किन गर्‍ त्यो अर्कोलाई किन नगर्‍या भन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment