+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रेलमार्गको अनुगमन गर्न यातायातमन्त्री जनकपुरमा

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ३० गते २०:४३

३० फागुन, जनकपुरधाम । सरकारले रेल सञ्चालनका लागि विदेशी जनशक्तिलाई ल्याउने भएको छ ।

रेल सञ्चालनका लागि जनशक्ति आह्वान गर्दा समेत नेपाली नागरिकबाट दरखास्त नपरेपछि विदेशी जनशक्ति ल्याउने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले बताए ।

जनकपुरस्थित रेल्वे स्टेशन र लिकको शुक्रबार अनुगमन गर्दै मन्त्री नेम्वाङले ६० देखि ६५ जनाको दरबन्दी तयार गरिए पनि नेपालीबाट दरखास्त नपरेको बताए । ‘हाम्रो उद्देश्य नै नेपालीलाई काममा लगाउनु थियो’ उनले भने, ‘तर नेपालीले उम्मेदवारी ददिएपछि अब विदेशीलाई नै ल्याएर रेल सञ्चालन गरिनेछ ।’

कानुनी प्रक्रिया पूरा गरी विदेशीलाई करारमा भर्ना गरिने उनले बताए । मन्त्री नेम्वाङले रेल सञ्‍चालनको लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेर मिति तोकिने बताए ।

लिक निर्माण हेर्न र यसको व्यवस्थापन गर्नका लागि नै आफू आएको बताउँदै उनले चाँडै रेल सञ्चालनमा आउने विश्वास दिलाए ।

उनले एउटा रेल बनिसकेको र अर्काे केही महिनाभित्रै निर्माण भइसक्ने बताउँदै पूरा तयारी हुन केही समय लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?