Comments Add Comment

३ वर्षे प्रतिबन्धविरुद्ध उमर अकमलको अपिल

७ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेट उमर अकमलले आफूमाथि लागेको ३ वर्षे प्रतिबन्धविरुद्ध अपिल गरेका छन् । उनले लामो समयको निलम्बनविरुद्ध चुनौती दिँदै त्यो अवधि घट्न सक्ने आशा राखेका छन् ।

तीन साताअघि मात्रै पाकिस्तान क्रिकेट बोर्डले अकमललाई सबैखाले क्रिकेटबाट ३ वर्षको लागि प्रतिबन्ध लगाएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले अकमलको अपिल प्राप्त भएको पुष्टि गरेको छ र यस केसका लागि स्वतन्त्र प्यानल बनाउने समेत जनाएको इएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

भ्रष्टाचार विरुद्धको दुई नियम तोडेको भन्दै बोर्डले अकमललाई प्रतिबन्ध लगाएको हो । सबैको ३ वर्षे प्रतिबन्ध हुने भएकाले सँगै प्रतिबन्ध लागु हुनेछ ।

३० वर्षीय अकमलले पाकिस्तानको लागि १६ टेष्ट, १२१ ओडीआई र ८४ टी- २० आई क्रिकेट खेल खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment