Comments Add Comment

प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना संक्रमण

६ जेठ काठमाडौं । इंग्ल्याण्डको प्रिमियर लिगमा ६ कोरोनाभाइरस पोजेटिभ संक्रमण देखिएको छ ।

आगामी जुनमा फेरि प्रिमियर लिग शुरु गर्ने गरी मंगलवारदेखि प्रिमियर लिग क्लबलको शुरु भएको छ । आइतबार र सोमबार तीन प्रिमियर लिग क्लबका ६ खेलाडीलाई पोजेटिभ संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

कूल ७४८ खेलाडी/स्टाफको टेष्ट गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन । अब उनीहरु सात दिन सेल्फ आइसोलेसनमा बस्नेछन् भने ट्रेनिङ गर्न पाउने छैनन् ।

‘आइतबार र सोमबार गरेर ७४८ जना खेलाडी र क्लब स्टाफको कोभिड१९ टेष्ट गरिएको थियो । त्यसमा ३ क्लबबाट ६ जनामा कोभिड पोजेटिभ देखिएको छ ।’ प्रिमियर लिगको स्टेटमेन्टमा भनिएको छ । ‘पोजेटिभ देखिएकाहरु अब सात दिनको लागि सेल्फ आइसोलसनमा हुनेछन् ।’

प्रिमियर लिगका क्लबले मंगलबारदेखि सानो समूहमा नन-कन्ट्याक ट्रेनिङ शुरु गरेका छन ।

कोरोना भाइरस महामारीको कारण १३ मार्चदेखि प्रिमियर लिग स्थगित छ । लिगमा यस सिजनको अझै ९२ खेल बाँकी छ ।

स्थगित प्रिमियर लिग १२ जुनदेखि फेरि शुरु गर्ने गरी तयारी भइरहेको छ । तर यो अझै पछि सर्न सक्ने सम्भावना रहेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment