+
+
Shares

चीनले भन्यो : कालापानीको विवाद नेपाल र भारतको हो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते २१:०२

६ जेठ, काठमाडौं । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । र, दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।

भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । त्यसको नेपालले विरोध गरेको छ भने सोमबार मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।

तर यो सडक दुई देशबीच २०१५ मा भएको सहमतिअनुसार बनेको र चीनसम्म जोडिएकाले नेपालले उत्तरी छिमेकीसँग पनि कुराकानी गर्नुपर्ने माग उठेको छ ।

नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’

साथै चीाले एकपक्षीय कदम, जसले स्थिति जटिल बनाउन सक्छ, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?