+
+
Shares

भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १२:२६

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएकाहरुका कडा खालको कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताए । उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखिएको छ ।’

पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए । यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?