+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भारतबाट चार दिनमा ४ हजार भित्रिए, ९५० जनाको मात्रै परीक्षण

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ जेठ ९ गते ११:५६

९ जेठ, कैलाली । कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।

गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९५० जना र जेठ ७ र ८ गते  जना भारतीय सीमा क्षेत्रबाट स्वदेश फर्किएका छन् । त्यसपछि जेठ ७ र ८ गते ३ हजार ३ सय भन्दा बढी स्वदेश फर्किएका  छन् ।

जेठ ७ र ८ गते भित्रिएकामध्ये ९५० जनाको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ भने अरु मानिस विना परीक्षण आफ्नो आफ्नो स्थानीय तहमा पुगेका छन् ।

भारतबाट जेठ महिनाको ४ दिनमा  ४ हजार तीन सय भन्दा बढी नागरिक भित्रिएका छन् । तीमध्ये ३ हजार बढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

‘हामीसँग पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘बाँकी रहेकाहरुलाई सम्बन्धित स्थानीय तहले नै परीक्षण गर्ने भन्दै पठाइरहेका छौं ।’

जोखिम बढ्यो

हजारौंको संख्यामा परीक्षण बिना नै गन्तब्यमा पठाउँदा जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थी बताउँछन् ।

‘स्वास्थ्य परीक्षण बिना स्थानीय तहमा पठाउँदा ठूलो जोखिम बढेको छ’ उनी भन्छन्, ‘जनशक्ति र सामग्री अभावले हामीलाई समस्या भएको छ ।’

उनले सीमा क्षेत्रबाट भित्रिएका सबैको स्वास्थ्य परीक्षण गर्न पहल भइरहेको समेत जानकारी दिए । धनगढीमै दुईवटा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको भए पनि प्रयोगशालामा आवश्यक मात्रामा किट नहुँदा ठूलो संख्यामा  विदेशबाट फर्किनेको परीक्षण हुन सकेको छैन  ।

अस्पतालको आइसोलेसन वार्ड भरियो

५ जना संक्रमित बिरामी निको भएर घर फर्किएपछि खाली रहेको सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड फेरि भरिएको छ । बिहीबार मात्रै भारतबाट फर्किएका १९ जनालाई कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आएका ४ जनालाई चिकित्सकले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेको थियो ।

बिहीबार अस्पताल भर्ना भएका अन्य १९ जनामा भने सीमा क्षेत्रमा आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

१९ जना थपिएपछि २४ शय्याको आइसोलेसन वार्ड भरिएको हो । अहिले अस्पतालको आइसोलेसनमा कोरोनाका शंकास्पद २३ जना बिरामी राखिएको छ ।

‘बैतडीका एक जनाको पीसीआरमार्फत परीक्षण गर्दा कोरोना नेगेटिभ देखाएपछि उनलाई आज डिस्चार्ज गर्ने तयारी छ’ अस्पतालका सूचना अधिकारी दिलिप विष्टले भने, ‘२४ शय्याको आइसोलेसनमा २३ जना शंकास्पद बिरामी भर्ना छन् । नयाँ थपिए कहाँ राख्ने अन्योल छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?