
२८ जेठ, काठमाडौं । सरकारले क्वारेन्टिनका तोेकेका होटेलहरु रहेको स्थानमा स्थानीय क्लव र तथा स्थानीय तहबाट अवरोध हुन थालेपछि व्यवसायी प्रशासनको शरणमा पुगेका छन् ।
होटेल संघ नेपाल (हान)का प्रतिनिधिले बुधबार स्थानीय तह तथा क्लवबाट आएको धम्की र अवरोधबारे काठमाडौंस्थित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका थिए ।
सोही सन्दर्भमा कार्यालयले सरकारको निर्णय अनुसार क्वारेन्टिन तोकिएका होटेल, क्वारेन्टिन स्थल र होल्डिङ सेन्टरमा कुनै पनि प्रकारको अवरोध नगर्न सचेत गराएको छ ।
यसरी अवरोध भएको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने चेतावनीसमेत प्रशासनले दिएको छ । होटेल संघ नेपाल -हान)मा आवद्ध ५७ वटा होटेल पहिलो चरणमा विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टिनका रुपमा राख्न सूचिकृत भएका छन् ।
ती होटेलमध्ये केही होटेलमा स्थानीय क्लवको नाममा क्वारेन्टिन नबनाउन, विदेशबाट आएकालाई राख्ने सन्दर्भमा अवरोध पुर्याउने गतिविधि हुन थालेको एक व्यवसायीले जानकारी दिए ।
प्रतिक्रिया 4