Comments Add Comment

बर्दियामा थप ३१ जनामा कोरोना

३ असार, बुटवल । बर्दियाका तीन स्थानीय तहमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा बर्दियाका ३१ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

प्रयोगशालाका अनुसार बर्दियाको बढैयाताल गाउँपालिकाका मात्रै २६ जना छन् । वडा नंं १ का १७ वर्षदेखि ५४ वर्षका १५ जना पुरुष र वडा नंं २ का ३२ वर्षकी एक महिला र १९ वर्षदेखि ७० वर्ष उमेरका १० जना पुरुषमा कोरोना संक्रमण भएको हो ।

यस्तै बाँसगढी नगरपालिकाको वडा नंं. ३ का २४ र २८ वर्षका २ जना पुरुष, वडा नंं ७ का २१ वर्षका पुरुष र वडा नंं ५३ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १९ सयनजिक पुगेको छ । प्रदेश ५ मा ११ सय ७० जना संक्रमित उपचारमा रहेका, ६ सय ८३ जना निको भएका र ९ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएकी बांके बैजनाथकी एक ४६ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment