+
+
Shares

लकडाउन अवधिको घरभाडा छुट पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १९:३४

३ असार, काठमाडौं । लकडाउन अवधिको घरभाडा छुट पाउने हो कि होइन भन्ने निधो गर्न माग गर्दै होटल व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

होटल व्यवसायी पूर्णबहादुर कार्कीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश हरिकृष्ण कार्कीले लकडाउनको अवधिको नोक्सानी व्यवसायी एक्लैले व्यहोर्ने वा घरधनी र सरकारले पनि साझेदारी गर्नुपर्ने भन्ने विषयमा सरकारसँग लिखित जवाफ माग गरेको हो ।

घर भाडामा लिएर सञ्चालित होटलले विजनेस नपाएको तीन महिना नाघिसकेको छ । आम्दानी नभएकाले घरभाडा तिर्न नसकेको भन्दै व्यवसाय कार्कीले महामारीको समयको नोक्सानीमा सरकार र घरधनीले पनि साझेदारी गर्नुपर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

तत्काल पुनरुत्थानको सम्भावना नभएको, कोरोनाबाट सबैभन्दा बढी प्रभावित व्यवसाय र थुप्रैलाई रोजीरोटी दिएको क्षेत्रलाई परेको समस्या सरकारले पार लगाउनुपर्ने माग गर्दै व्यवसायी अदालत पुगेका हुन् ।

सरकारले चैत महिनाको घर भाडा छुट दिन घरधनीहरुलाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, यसको कार्यान्वयन भए–नभएको नियमन सरकारले गर्न सकेन । त्यसपछि निरन्तर तीन महिनासम्म व्यवसाय ठप्प भएको अवस्थामा घरधनीले भाडा माग्ने र व्यक्ति तथा प्रतिष्ठानले भाडा तिर्न नसक्दा द्वन्द्वको अवस्था सिर्जना भएकाले यस विषयमा सरकारले स्पष्ट नीति बनाउन व्यवसायीले माग गरेका छन् ।

‘हामीसँग पैसा छैन, घरबेटीलाई पैसा चाहियो, त्यसकारण अब हामीबीच झगडा हुने अवस्था आयो, ‘एक व्यवसायीले भने, ‘यो अवस्थामा निकास दिने जिम्मेवारी सरकारको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?