 
																			१८ वैशाख, काठमाडौं । नेपाल र बेलायतबीच न्यायिक अनुभव र सहयोग आदानप्रदानसम्बन्धी सहमति भएको छ ।
बेलायत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र बेलायतको सर्वोच्च अदालतका अध्यक्ष लर्ड रीडबीच भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहितको टोली बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा छ । बुधबार बेलायतको सर्वोच्च अदालत परिसरमा सो सहमतीपत्रमा हस्ताक्षर भएको हो ।
भेटमा दुई देशको न्यायप्रणाली र न्यायिक अभ्यासका वारेमा अनुभव आदानप्रदान गर्ने सहमति भएको थियो । त्यसपछि दुई देशका सर्वोच्च अदालतबीच सद्भाव र सहयोग आदानप्रदानका लागि ‘एक्सचेज अफ गुडविल लेटर’मा हस्ताक्षर भएको हो ।
प्रधानन्यायाधीश राउतको नेतृत्वमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावत, रजिष्ट्रार विमल पौडेल सहितको टोली बेलायत भ्रमणमा छ ।
नेपाली टोलीले बेलायत भ्रमणका क्रममा त्यहाँको हाउस अफ कमन्सका सभामुख, रोयल कोर्ट अफ जस्टिस, कमर्सियल कोर्टका न्यायाधीश लगायतका अधिकारीहरुलाई भेट्घाट गरेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4