+
+
Shares

अब अधिवेशनतिर लागौँ, अदालततिर होइन : महामन्त्री पौडेल

रासस रासस
२०८२ चैत ३० गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।
  • पौडेलले कांग्रेसले संसदीय दलको नेता वैशाख ४ गते सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट चयन गर्ने बताए।
  • उनले पार्टीभित्र एकता कायम गर्दै १५औँ महाधिवेशनमा समस्या समाधान गर्ने चाहना व्यक्त गरे।

३० चैत, चितवन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा कांग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताए ।

‘जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन,’ उनले भने ।

फरक प्रसङ्गमा बोल्दै पौडेलले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रूपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको बताए । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।

पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उनले बताए । ‘अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन हो,’ उनले भने, ‘अब अधिवेशन तिर लागौँ अदालत तिर होइन ।’

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?