+
+
Shares

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइने

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १२:३४

२१ वैशाख, काठमाडौं । १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।

१४ वैशाखमा ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आज जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराउँदैछौं ।’

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?